प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटकाे उपाधि आर्मीकाे पाेल्टामा

काठमाडौं। त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि पाेल्टामा पारेकाे छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा  सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै आर्मीले उपाधि रक्षा गरेकाे हाे।

खेलमा एपिएफलाई ३३ रनले पराजित गरेकाे आर्मीले २१२ रनको चुनौती पछ्याउँदै ब्याटिङकाे शुरुवात गरेकाे थियाे। एपिएफले ४१.३ ओभरमा सबै विकेटको क्षतिमा १७८ रन मात्रै बनाउन सक्यो। एपिएफका लागि आशिफ शेखले अर्धशतक बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिँदा हार ब्यहोरेको हो।

आशिफले ७१ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै ६१ रन बनाए। त्यस्तै, सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९ र सुवास खकुरेलले १४ रन बनाए।

अन्य सम्बन्धित समाचार:  धनगढी नेपाल सुपर लिगको फाइनलमा

बलिङतर्फ आर्मीका विक्रम सोब, जितेन्द्र मुखिया र शाहब आलमले समान ३–३ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रन बनायो। आर्मीका हरि चौहानले अर्धशतक बनाए। उनले १०२ बलमा ६ चौका प्रहार गर्दै ५८ रन बनाए।

यसैगरिआर्मीका लागि राजेश पुलामी मगरले २८, शाहब आलमले अविजित २५, लोकेश बमले १५, सुसन भारी र रोहित कुमार पौडेलले समान १३-१३ रन बनाए। ब

त्यस्तै, किशोर महतोले १० ओभरमा ५३ रन खर्चिएर दुई विकेट लिए। कप्तान शरद भेषवाकर, कमलसिंह ऐरी र भुवन कार्कीले समान १–१ विकेट लिए। विजेता बनेको आर्मीले ट्रफिसँगै १० लाख नगद प्राप्त गरेको छ। त्यस्तै, उपविजेतामा चित्त बुझाएको एपिएफले पाँच लाख पाएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपर लिगमा आजदेखि प्ले–अफ चरणका खेल हुँदै