नेपालमा १०९ जनामा काेराेना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १०९ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमतिको कुला संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट ३५० जना कोरोनामुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ।

हाल देशभर दुई हजार ७७९ जना आइसोलेसनमा तथा १०९ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अस्पताल, अक्सिजन र जनशक्तिको अभाव हुन नदिन सर्वोच्चको आदेश