केपी ओलीको बहिर्गमन हुन्छ, त्यसबाहेक अर्को विकल्प छैन: माधवकुमार नेपाल

काठमाडौं। नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्। शनिबार धनगढीमा आयोजित विराेधसभालाई सम्बोधन गर्दै नेपालले बहुमत पाएका प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने बताए। संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउँदैन भनेर सबैले भनेको भन्दै उनले भने, ‘संसद पुनर्स्थापना हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ, त्यसबाहेक अर्को विकल्प छैन ।’ उनले भने।

अन्य सम्बन्धित समाचार:  माग सम्बोधन नभए फेरि सामूहिक राजीनामा दिने माधव पक्षको अडान