‘सोसियल युथ लिडर अवार्ड २०२१’ आयोजना हुने

काठमाडौं। युथ ईभेन्ट प्राइभेट लिमिटेडले युवाहरूको सामाजिक व्यक्तित्व तथा क्षमता विकास गर्ने उदेश्यले ‘सोसियल युथ लिडर अवार्ड २०२१’ आयोजना गर्ने भएको छ।

काठमाडाैं उपत्यकामा रहेका विद्यार्थी तथा युवाहरूलाई लक्षित उनिहरूकोे क्षमता विकासका लागि यस कार्यक्रम गर्न लागिएको युथ ईभेन्टका संयोजक श्रवण कुमार घिमिरेले जानकारी दिए।

संस्थाले अवार्डमा सहभागी हुनका लागि आइतबारबाट आवेदन खुलाउँदै छ। अवार्ड कार्यक्रममा सहभागी हुनका लागि २ सय ५० आवेदन शुल्क तथा ३ हजार तालिम शुल्क तोकिएको छ। अवार्ड कार्यक्रम चैतमा हुने बताईएकाे छ।