बुढेसकालमा लौरो टेकेर पार्टी ध्वस्त र देश बर्बाद गर्न हिँडे: प्रधानमन्त्री ओली

चितवन। प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले तीनजना पूर्वप्रधानमन्त्रीले ‘बुढेसकालमा लौरो टेकेर हिँडेको’ टिप्पणी गरेका छन्।

शनिबार चितवनको भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाललाई इंगित गर्दै बुढेसकालमा लौरो टेकेर पार्टी ध्वस्त र देश बर्बाद गर्न हिँडेको आरोप लगाए।

ओलीले पार्टी फुटाउन उनीहरु लागेको भन्दै पार्टी फुटेको नभई केही मान्छे मात्र बाहिरिएको बताए। ‘‘सभाको चारैतिर हेर्नुस्। दायाँ हेनुर्स, बायाँ हेर्नुस्। यताकाले उताकोलाई हेर्नुस,’’ उनले भने।

पार्टीभित्रको पिलो निचोरिएर आफैँ गएको बताउँदै उनले पार्टी फुट्दैमा वजन नघट्ने बताए।

अन्य सम्बन्धित समाचार:  ‘एमाले-एमाले’ बीच भिडन्त, बादलविरुद्ध माधव पक्षका खिमलाल उम्मेदवार