‘आफ्ना गल्ती स्वीकार्नुस्, आउनुस् पार्टीमा फर्किनुस्’: रामबहादुर थापा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टीमा फुट पैदा गरेको टिप्पणी गरेका छन्। चितवनमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै थापाले उनीहरूलाई केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा फर्किन पनि अपील गरे।

‘तपाईंहरूले जसरी पार्टीमा फुट पैदा गर्ने दुस्साहस गर्नुभएको छ, त्यसबाट पछाडी फर्किनुस्’, गृहमन्त्री थापाले भने, ‘आफ्ना गल्ती स्वीकार्नुस्, आउनुस् पार्टीमा फर्किनुस्। जनता एकता चाहान्छन्।’

उनले गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न पनि सुझाएका छन्। ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने उनको टिप्पणी छ।

अन्य सम्बन्धित समाचार:  देउवाले बोलाए काँग्रेसको पदाधिकारी बैठक