क्युबामा सैनिक हेलिकप्टर दुर्घटनाः सवार सबैको मृत्यु

काठमाडौं। क्युबामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिवार पुष्टि गरेको छ। स्थानीय समयअनुसार शुक्रबार होलग्विन प्रान्तबाट ग्वान्टानामोतर्फ उडेको हेलिकप्टर केही समयमै दुर्घटना भएको हो।

हेलिकप्टर उडेको केही मिनेटमा क्युबाको एक पहाडी क्षेत्रमा दुर्घटना भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ। मन्त्रालयले दुर्घटनाको छानबिन गर्न आयोग बनाएको छ भने मृत्यु भएका व्यक्तिको परिचय लगायत अन्य जानकारी भने गराइएको छैन।

अन्य सम्बन्धित समाचार:  भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००