बेलायतमा एकैदिन कोरोना सङ्क्रमणबाट १२ सयको मृत्यु

काठमाडौं। बेलायतमा पछिल्लो २४ घण्टामा थप १२०० जना कोरोना सङ्क्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ। शनिबार थपिएका नयाँ संक्रमित संगै बेलायतमा हालसम्म एक लाख पाँच  हजार ५७१ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

यसैगरी पछिल्लो २४ घन्टामा २३ हजार २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  हालसम्म  बेलायतमा ३७ लाख ९६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।

साथै बेलायतमा शनिबारसम्म ८३ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म ८३  लाख ७८  हजार ९४० जनाले खोपको पहिलो डोज लिइसकेका ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ। स्वास्थ्य विभागका अनुसार जसमध्ये चार लाख ८०  हजार ४३२ जनाले खोपको दोस्रो –अन्तिम) डोज लिइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट बच्न साबुन पानी उपयागि कि स्यानिटाइजर?— यस्तो छ विज्ञहरूको सुझाव