हल्का हिमपातको सम्भावना: मौसम पूर्वानुमान

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मौसम बुलेटिन जारी गर्दैै आज देशको पहाडी भु–भागका थोरै स्थानहरूमा र तराईका अधिकांश भु–भागहरुमा हुस्सुरकुहिरो लागेको छ भने बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश न. १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु–भागका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।  

यसैगरी आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने यता प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु–भागका एक÷दुई स्थानहरूमा हल्का हिमपातकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  फिल्म फेस्टिभल ‘निफ’ आजबाट सुरु हुँदै