६४ हजार भन्दा बढिले लगाए कोरोना खोप

काठमाडौं। कोरोना भाइरसको खोप अभियानको चौथो दिनसम्म ६४ हजारभन्दा बढीले खोप लगाएका छन्। ७७ वटै जिल्लामा सुरु गरिएको खोप अभियान अन्तर्गत शनिबारसम्म ६४ हजार ४२२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिबारमात्रै ७७ जिल्लाका १ सय ४३ खोप केन्द्रहरूबाट १४ हजार ८ सय ९४ जनाले खोप लगाएका हुन। जसमध्ये प्रदेश १ मा १ हजार ५ सय ४७, प्रदेश २ मा २ हजार १ सय १०, बागमतीमा ५ हजार ४ सय २, गण्डकीमा १ हजार ८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप लगाएकाे जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  न्याय परिषद् सदस्य निरालाको कोरोनाका कारण निधन