सैनिक जवानको निवृत्तिभरण अब १६ वर्षमै

काठमाडौं। अर्थ मन्त्रालयले १६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावलाई स्वीकृति दिएको छ । यसअघि भने सेनामा कार्यरत सबै सैनिकको निवृत्तिभरण अवधि २० वर्ष तोकिएको थियो।

सैनिक नियमावली २०६९ को नियम ८० को उपनियम ९२० संशोधन गरी सेनामा जुनसुकै अवधिमा भर्ना भएको भए पनि फलोअर्स र सिपाही तहका सैनिकको निवृत्तिभरण अवधि १६ वर्ष हुने व्यवस्था गरिएको रक्षा मन्त्रालयका सचिव रश्मिराज पाण्डेले बताए।

पिउठ, अमल्दार र हुद्दाको निवृत्तिभरण अवधि भने १७ वर्ष हुनेछ । त्यसैगरी, जमदारको १८ वर्ष, सुबेदार र प्रमुख सुबेदारको १९ वर्ष निवृत्तिभरण अवधि हुनेछ । सहायक सेनानी र सोभन्दा माथिल्लो पदमा कार्यरत सैनिक अधिकृतको हकमा निवृत्तिभरण अवधि २० वर्ष नै हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  आजको मौसमः आंशिकदेखि सामान्य बदली