७ सय ८३ कैदीबन्दीलाई कोरोना खोप

काठमाडौं। केन्द्रीय कारागार सुनधाराका ७ सय ८३ कैदीबन्दीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ। पहिलो चरणको खोप अन्तर्गत चौथो दिन (शनिबार) उनीहरूलाई खोप लगाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कैदीबन्दी र वृद्धाश्रम रहेकालाई पनि खोप लगाउन शुरू गरिएको जनाइएको छ।

स्वास्थ्य कार्यालय काठमाडौँकी कोरोना भाइरस व्यवस्थापन फोकल पर्सन पार्वती विष्टका अनुसार कारागारका कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई पनि खोप लगाउने योजना रहेको छ।

अन्य सम्बन्धित समाचार:  देवघाटमा दोब्बर शव