मनाङमा डढेलोले फेरि वितण्डा मच्चायो

आगलागी

मनाङ। मनाङमा फेरि डढेलोले वितण्डा मच्चाएको छ। जिल्लाको तल्लो भेग ताचै, थोंचे र तिल्चे क्षेत्रमा फेरि डढेलो लागेको हो।

मंसिर ११ बाट तोको र थान्चोकपारिको जंगलबाट सल्केको आगो करिब दुई महिनापछि माघ पहिलो साता मात्रै ताचै क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो। त्यसको एक सातापछि ताचैमै जोडिने गरी अर्को डढेलो लागेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  देशभरको मौसम पूर्णरुपमा खुल्न केही दिन लाग्ने