हेटौंडा गोल्डकप फुटबलः २ खेल हुँदै

मकवानपुर। मकवानपुरको हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज २ खेल हुँदैछन्। पहिलो खेल दिउँसो १ बजे एएफसी रियाले काठमाडौं र सेन्ट्रल कलेज भरतपुर क्लबबीच हुनेछ भने दिउँसो ३ बजेदेखि शुरु हुने दोस्रो खेलमा सर्लाही जिल्ला फुटबल संघ र आयोजक एएफसी विजय युथ क्लब भिड्ने छन्। 

प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा राप्ती र दुधौली स्पोर्ट्स क्लब विजयी भएका थिए। आयोजक क्लबका अध्यक्ष सुदीप राजवाहकका अनुसार यही माघ २३ गतेसम्म हुने प्रतियोगितामा विजेताले नगद ३ लाख र उप–विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

अन्य सम्बन्धित समाचार:  ला लिगा : उपाधि होडबाट बाहिरियो बार्सिलोना