ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

कैलाली। कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बूढा र १७ वर्षीय मानबहादुर बूढाको मृत्यु भएको जनाइएको छ।

म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल गएराति ११ बजेतिर ठोक्किएको थियो। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई सुक्खड प्रहरीले पक्राउ गरेको छ।

अन्य सम्बन्धित समाचार:  माटोको ढिस्कोले पुरिएर आमा—छोराको मृत्यु