काठमाडौंका दुई स्थानमा दुर्घटनामाः दुई जनाको मृत्यु

काठमाडौं। काठमाडौंका दुई स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोकमा र नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हरहर महादेवबाट मूलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किँदा चालक सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ। प्रहरीका अनुसार उनको ट्रमा सेन्टरमा गएराति १० बजे मृत्यु भएको हो।

विपरीत दिशाबाट लेन मिचेर आएको बा ५ ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठोक्किएको थियो। टिप्पर चालक पक्राउ परेका छन्।

त्यसैगरी यता नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा मोटरसाइकलको ठक्करबाट लमजुङ घर भई काठमाडौं बस्ने सुनमाया गुरुङको मृत्यु भएको हो। गोङ्गबुबाट नयाँ बसपार्क छिर्दै गरेको बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले पैदलयात्री गुरुङलाई शनिबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी सुनमायाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको प्रहरीले हो। मोटरसाइकल चालकलाई गोङ्गबु प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन