बृहत् नागरिक आन्दोलनले सिफल चौरमा कार्यक्रम गर्दै

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध ‘बृहत् नागरिक आन्दोलन’ले काठमाडौंमा विरोध कार्यक्रम गर्दैछ। आइतबार दिउँसो २ बजे शहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल चौरमा कार्यक्रम तय गरेको ‘बृहत् नागरिक आन्दोलन’ले जनाएको छ।

यसअघि, पनि ‘बृहत् नागरिक आन्दोलन’ प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएको छ।

कार्यक्रममा केदारभक्त माथेमा, तुलानारायण साह, रिता परियारले मन्तव्य राख्नेछन्। त्यस्तै, चन्द्रवीर तुम्बापो र योगेश राल्फालीले कविता वाचन गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  बालकको मृत्यु भएपछि आफन्तद्वारा अस्पताल तोडफोड