वाग्मतीमा फोहोर फाल्ने तीन कम्पनी कारबाहीमा

काठमाडौं। वाग्मती नदीको किनारमा फोहोर फाल्ने तीन कम्पनीलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। अभियानकर्मी गोविन्द काफ्लेका अनुसार तीनकुनेमा रहेको नदी किनारमा सफाइका क्रममा काठमाडौं महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कसप तीनकुनेलाई दुई हजार, विनोद पानपसल आलोकनगरलाई एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई ५०० रुपैयाँ जरिवाना गरिएको हो।

जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको जनाइएको छ। ४०३ औँ हप्ताको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो।

अन्य सम्बन्धित समाचार:  छ गुणाबढी भाडा लिने सवारी साधन कार्वाहीमा