प्रचण्ड र माधव आज माइतीघरमा धर्ना बस्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा नेकपा नेता पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल आज माइतीघरमा धर्ना बस्ने भएका छन्।

प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आज प्रचण्ड र नेपाल आउने भएका सो पक्षका नेता विष्णु रिजालले बताएका छन्। दाहाल र नेपाल मध्याह्न १२ बजेदेखि धर्नामा बस्ने जनाइएको छ। 

अन्य सम्बन्धित समाचार:  देउवा भेट्न बूढानिलकण्ठ एक्लै पुगे राजेन्द्र महतो