काठमाडौंमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ

काठमाडौं। काठमाडौंमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ। यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ।

भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि विभागले जनाएको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि काठमाण्डौमा बर्ड फ्लूको पुष्टि भएको हो।

बर्ड फ्लू काठमाण्डौमा देखा पर्यो भन्नेबारे भने अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले बताए। भारतका विभिन्न राज्यमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ गरिएको सरकारले बताउँदै आएको थियो। यस्तै सीमानाकासहित देशका विभिन्न ठाउँमा पनि निगरानी बढाइएको छ।

अन्य सम्बन्धित समाचार:  खोपमा भएको भ्रष्टाचार छानविनको रिट सर्वोच्चले गर्यो फिर्ता

रोग पुष्टि भएको क्षेत्र काठमाडौंको तारकेश्वर नगरपालिका-७ क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी र रोग सार्न सक्ने बस्तु नष्ट गरिएको र अरु ठाउँमा पनि सङ्क्रमण सर्न नदिन कडाइ गरिएको विभागका सूचना अधिकारी ढकालले जानकारी दिए।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा काठमाडौंमा बर्ड फ्लू पुष्टि भएको हो। बर्ड फ्लू पंक्षीबाट मान्छेमा पनि सर्न सक्ने सम्भावना रहेकाले राम्रोसँग पकाएर मात्रै मासु खान डाक्टरहरुले सुझाव दिएका छन्।

काठमाडौंको तारकेश्वरका किसानले पालेकाे टर्की र हाँसमा बर्डफ्लू पुष्टि