सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो?

सुनको भाउ

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ सय रुपैयाँले बढेको हो।

शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३५ रुपैयाँले बढेर तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य फेरी बढ्यो, तोलाको कति?