अधिकारकर्मीको पहलमा १४ वर्षीया बालिकाको विवाह रोकियो

सर्लाही। सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह रोकिएको छ। ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मी त्यहाँ पुगेर उक्त विवाह रोकेका हुन्। 

१४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको सो संस्थाकी संयोजक रमा काफ्ले जानकारी दिइन्। ‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद भएको  संस्थाकी सहसंयोजक  अञ्जना पन्त कडरियाले बताए। ती बालिकाको घरको पारिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका जनाइएको छ।सहसंयोजक पन्तका अनुसार बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी छिन्।

अन्य सम्बन्धित समाचार:  गोरखामा बुधवार रातिदेखि जिल्लाभर निषेधाज्ञा