चलचित्र ‘बिहे पास’मा दयाहाङ र प्रकृति

काठमाडौं। नायिका प्रकृति श्रेष्ठ चलचित्र ‘बिहे पास’बाट अभिनयमा फर्किने भएकी छन्। चलचित्र ‘होस्टेल’मा काम गरेर चर्चा कमाएकी प्रकृति बिहेपछि अभिनयबाट टाढा भएकी थिइन्। बिहे गरेर अष्ट्रेलियामा रहँदै आएकी प्रकृतिले अब सामाजिक कथावस्तुमा निर्माण हुन लागेको ‘बिहे पास’मा अभिनय गर्न लागेकी हुन्।

प्रवेश पौडेलले निर्देशन गर्ने चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठ अनुवन्धित भएको निर्माणपक्षले बताएको छ। प्रवेशले यसअघि चलचित्र ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए। रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन्।

आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको यो चलचित्रका लागि अन्य कलाकार र प्राविधिकको छनोट कार्य जारी रहेको निर्माणपक्षले जनाएको छ। आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ। सामाजिक बिषयमा हाँस्यरस मिसाएर निर्माण हुन लागेको चलचित्रको छायांकन तराइका विभिन्न स्थानमा गरिनेछ।

अन्य सम्बन्धित समाचार:  १९० करोडमा जीले किन्यो सलमानको राधे, विहीबार रिलिज हुँदै