कोरोना सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ। यो साता युकेमा ३ जना कोरोना संक्रमित नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ। यो सहित हालसम्म विदेशमा ३ सय ३० जना कोरोना संक्रमित नेपालीको मृत्यु भएको छ। 

शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले बताएका छन्। तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन्। यो कुल सङ्क्रमितको ९४ प्रतिशत हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ।

अन्य सम्बन्धित समाचार:  विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण