कैलालीमा किशोरीमाथि जबरजस्ती करणी

कैलाली। कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रवार राति पक्राउ गरेको हो।

उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी पाएपछि  इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान का साथै हाल फरार कृष्ण राउतको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आफ्नै विद्यार्थीलाई पटक—पटक बलात्कार गर्ने शिक्षक पक्राउ