भारतमा सोमबादेखि सिनेमाहलमा भरिभराउ दर्शक राख्न पाइने

काठमाडौं। भारतमा सिनेमाहलमा भरिभराउ दर्शक राख्न पाइने भएको छ। केन्द्र सरकारले सोमबारबाट शत प्रतिशत कपासिटीमा सिनेमाहल सञ्चालन गर्न अनुमति दिएको हो।

गत अक्टोबर महिनादेखि हल खुलेको भए पनि सबै सीटमा दर्शक बस्न दिने अनुमति थिएन। तर अब सिनेमाहलमा सबै सीटमा दर्शक बस्न पाउने भएका छन्।

सिनेमाहलहरूले नयाँ नियम चाहिँ पालन गर्नु पर्ने छ। हल प्रवेश गर्ने सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्ने छ। हल प्रवेश गर्ने र बाहिर निस्कने सबै ढोकामा स्यानिटाइजर अनिवार्य राखिनुपर्छ । सिनेमाहलमा कतै पनि थुक्न पाइने छैन। सिनेमा हेर्न आउने प्रत्येक दर्शकको मोबाइलमा आरोग्य सेतु याप अनिवार्य छ।

पार्किङ र हल भवन नजिक भीड गर्न नहुने निर्देशन पनि जारी गरिएको छ। अनि लिफ्टमा धेरै मानिस चढ्न नहुने पनि भनिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना भाइरसको तेस्रो लहर चाँडै सुरु हुन्छ, सतर्क रहनूस: भारतीय स्वास्थ्य मन्त्रालय