कलंकीबाट तीन केजी अफिमसहित एक जना पक्राउ

पाैने

काठमाडौं। काठमाडौं महानगरपालिका–१४, कलंकीबाट तीन केजी अवैध लागूऔषध अफिमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। धादिङको गजुरी गाउँपालिका–८ बस्ने ५१ वर्षीय माइला भनिने म्याक्स लो पक्राउ परेका हुन।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट अफिम फेला पारी पक्राउ गरेको जनाइएको छ। ब्युरोका अनुसार उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारबाही अघि बढाइने छ।

अन्य सम्बन्धित समाचार:  दासढुङ्गामा मदन–आश्रितप्रति श्रद्धाञ्जलि