माइतीघरको सडकमा बसे प्रचण्ड–नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धर्नामा बसेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा भइरहेको धर्नामा आइतबार प्रचण्ड र नेपाल पनि सहभागी भएका हुन्।

पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको छ। पार्टीका संघीय र प्रदेश सांसदहरु माघ १४ देखि माइतीघर मण्डलामा दैनिक धर्ना दिँदै आएका छन्। नियमित धर्नामा रहेका संघीय तथा प्रदेश सांसदहरुलाई साथ दिन आइतबार अध्यक्षद्वय प्रचण्ड र नेपाल सहभागी भएको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै पुनःस्थापनाको माग राखेर चरणबद्ध आन्दोलन गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकीकी प्रदेश प्रमुख पौडेलले गरिन् पदभार ग्रहण