ओली समूहले माघ २३ को जनसभा नारायणहिटीमा गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले यही माघ २३ गते काठमाडौंमा गर्ने जनसभाको तयारी थालेको छ। काठमाडौँमा ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको कमिटीले जनाएको छ।

सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने तयारी छ। कमिटीका सचिव खेमप्रसाद लोहनीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको अवस्थामा नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको बताए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलगायत शीर्ष नेताले सभामा सम्बोधन गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  बादललाई भोट हाल्ने राप्रपाको औपचारिक निर्णय