‘राष्ट्रिय कलाश्री सम्मान’: जनगायक रामेश श्रेष्ठ र अशेष मल्ललाई प्रदान गरिने

काठमाडौं। नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्दै आएको ‘राष्ट्रिय कलाश्री सम्मान’ यस वर्ष जनगायक रामेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समिति बैठकले सो निर्णय गरेको हो।

यस्तै, प्रतिष्ठानले एकलाख रुपैयाँ राशीको राष्ट्रिय कलाश्री पुरस्कार साहित्यका विशिष्ट साधक तथा रंगमञ्चका सशक्त अभियन्ता अशेष मल्ललाई प्रदान गर्ने भएको छ।

यस्तै ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा पत्रकार ठाकुर वेलबासे, राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार तथा पत्रकार लक्ष्मी उप्रेती, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार युवा चित्रकार विधाता केसी, पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार नेपाली सांगीतिक जगतका संघर्षशील व्यक्तित्व मिलन अमात्य नेवारलाई प्रदान गर्ने निर्णय गरेको छ।