प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक समाजकाे प्रदर्शन

काठमाडाैं। नागरिक समाजले प्रतिनिधिसभा विघटनविरुद्ध  प्रदर्शन गरेको छ। आइतबार नागरिक अगुवाहरु नारायण वाग्ले, खगेन्द्र संग्रौला, केदारभक्त माथेमालगायत काठमाडौंको सिफलमा प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागीहरुले ‘संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार,’ ‘जो रक्षक उही भक्षक’, ‘दलको झगडामा संविधानलाई बलि चढाउन पाइँदैन’लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको नागरिकहरुमाथि केही दिनअघि बालुवाटारमा प्रहरीले दमन गरेको थियो।

अन्य सम्बन्धित समाचार:  एक किशोरी बलात्कार अभियोगमा दुई जना पक्राउ