संवैधानिक परिषदको नियुक्ति सिफारिस सभामुखद्वारा फिर्ता

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले अख्तियारसहित विभिन्न आयोगमा सिफारिस भएका ४९ जना संवैधानिक आयोगका पदाधिकारीको सिफारिस दर्ता नगरी फिर्ता पठाएका छन्। नयाँ अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्‍को बैठक गरी विभिन्न संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीलाई सभामुख सापकोटाले संसद् सचिवालयमा दर्ता नगरी फिर्ता पठाएका हुन्।

प्रतिनिधि सभा विघटन भएको र संसदीय सुनुवाइ समिति नभएकाले सुनवाइ हुन नसक्ने भन्दै सापकोटाले सिफारिस फिर्ता पठाएको उल्लेख गरेका छन्। संवैधानिक परिषद्लाई पत्र लेख्दै सभामुख सापकोटाले संसदीय सुनुवाइ संवैधानिक व्यवस्था भएको तर पुस ५ मा प्रतिनिधि सभा विघटन भएकाले प्रक्रिया पूरा हुन नसक्ने भन्दै फिर्ता पठाएका छन्।

सभामुखले यसरी फिर्ता गर्नु पर्नाका ८ कारण र परिस्थिति व्याख्या गरेर सो पत्र फिर्ता पठाएका हुन्।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु