माइतीघरमा प्रचण्ड–नेपाल समुहको धर्ना (फोटो फिचर)

काठमाडाैं। माइतीघरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धर्नामा सहभागी भएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षको धर्नामा सयाैै नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेजीको मागसहित माइतीघरमा नेकपा प्रचण्ड माधव समूहको धर्ना सुरु गरेको हो।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा  दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।

अन्य सम्बन्धित समाचार:  जसपाको बाबुराम—उपेन्द्र पक्षीय बैठक बोलाइयो