प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते

काठमाडौं। प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए।

प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो।

प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै अर्को समूहले अविश्‍वासको प्रस्ताव दर्ता गरेको छ।

 

अन्य सम्बन्धित समाचार:  धरानमा थप दुईजना कारोना संक्रमितको मृत्‍यु