देशभर १०५ कोरोना संक्रमित थपिए, २८८ डिस्चार्ज  

देशभर

काठमाडौं। नेपालमा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ६८ जनासहित देशभर १ सय ५ जना नयाँ संक्रमित थपिएका हुन्। योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ।

यस्तै थप २ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ। हाल सम्म निको हुनेको दर ९८.२९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर २ हजार ५९४ सक्रिय संक्रमित छन्। जसमध्ये ८६२ संस्थागत आइसोलेसन र १ हजार ७३२ जना होम आइसोसनमा रहेका छन्। अहिले १ सय २ जना क्वारेन्टाइनमा रहेका छन्। कोरोनाका गम्भीर १ सय ४३ जनाको आइसीयु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  केपी ओली प्रधानमन्त्री नियुक्त

यसैगरी थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको मन्त्रालयले जनाएको छ।