इन्दिरा गान्धीको भूमिकामा खेल्दै कंगना रनावत

एजेन्सी। भारतीय अभिनेत्री कंगना रनावतले राजनीतिक फिल्ममा इन्दिरा गान्धीको भूमिका निभाउने भएकी छिन्। भारतको पूर्वप्रधानमन्त्री समेत रहेकी इन्दिरा गान्धीको जीवनीमा आधारित फिल्ममा कंगनासहित अन्य लोकप्रिय कलाकारहरुको अभिनय रहने कंगनाले ट्विटरमा उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, “यसले भारतको वर्तमान सन्ततिले भारतको राजनैतिक, सामाजिक इतिहाँसबारे थाहा पाउनेछन्, ‘यसको स्क्रिप्टको काम अन्तिम चरण पुगेको छ।’ भारतीय राजनीतिको इतिहाँसमा सबैभन्दा प्रतिष्ठित व्यक्तिको भूमिका निभाउन व्यंग्र प्रतिक्षामा रहेको पनि कंगनाले बताएकी छिन्।

कंगनाले निर्माण गर्ने यस फिल्ममा कथा लेखन तथा निर्देशन साइ कबिरले गर्दैछन्। उनले गान्धीको भूमिकामा खेल्ने फिल्मको एक फोटोसमेत सार्वजनिक गरेकी छिन्।