केपी सरकारले किसानलाई विदेशतिर लखेट्ने खेल सुरु गर्याे: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनतामाथि ठूलाे प्रहार गरेकाे आराेप लगाएका छन्।

अखिल नेपाल किसान महासंघले आइतबार पेरिसडाँडामा गरेकाे कार्यक्रममा ‘प्रचण्ड’ले भने, “प्रतिक्रान्तिकारहरुसँग मिलेर आफ्नै साथीहरु, सहयात्रीहरुमाथि छुरा प्रहार गर्ने काम ओलीले गरेका छन्। तपाईं, हाम्रो मुटुमा छुरा प्रहार गरेजस्तो हो, पार्टी विभाजन गर्नु, संविधानमाथि प्रहार गर्नु, सार्वभौम प्रतिनिधि सभा भंग गर्नु।’’

सरकारले विदेशीलाई कृर्षिमा लगानी गर्न दिएर नेपाली किसानलाई विदेशतिर लखेट्ने खेल सुरु गरेको प्रचण्डकाे आराेप थियाे। “केपी ओली नेतृत्वको सरकारले सबैभन्दा बढी किसानहरु र कृषि क्षेत्रमाथि नै प्रहार गरेको छ।

याे सरकारले नेपाली किसानहरुलाई अझ बढी गरिब, असहाय बनाउने र विदेशितर लखेट्ने खेल सुरु गरेकाे भन्दै उनले चिन्ता व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिव खनालको मृत्यु