बर्ड फ्लु सर्नसक्ने भन्दै सचेत रहन महाशाखाकाे आग्रह (विज्ञप्ति सहित)

काठमाडौं। काठमाडौंमा देखिएको बर्ड फ्लु मानिसमा सर्नसक्ने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सतर्क हुन अपिल गरेको छ। महाशाखाले एक विज्ञप्ति जारी गर्दै हालसम्म संक्रमण देखिएका तार्केश्वर नगरपालिकाको सांग्लेखोला, फुटुङ क्षेत्रका बासिन्दालाई ध्यान पुर्‍याउन आग्रह गरेको हो।

यस क्षेत्रका किसानले पालेका टर्की र हाँसमा शनिबार बर्ड फ्लु संक्रमण पुष्टि भएको थियाे। बर्ड फ्लुको संक्रमणबाट जोगिन आफूले पालेका पक्षीको हेरचाह गर्दा सुरक्षा सतर्कता अपनाउन र मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खान महाशाखाकाे अनुरोध छ।

अन्य सम्बन्धित समाचार:  हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैनः स्वास्थ्य मन्त्रालय