नेकपा (प्रचण्ड-नेपाल) नेतृत्वको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा

काठमाडाैं। पार्टीको आन्तरिक अवस्थाका बारे छलफल गर्न  प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी कार्यलयका सचिव गंगालाल तुलाधरले केन्द्रीय कमिटीको बैठक सोमबार ११ बजे कार्की ब्यांक्वेटमा बस्ने बताएका छन्। निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड-नेपाल समूहले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो।

आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णयसमेत गरेको छ। ४ सय ४१ जनामध्ये आफूहरूसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।
अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद बैठक सकियोः प्रतिनिधिसभाको अधिवेशन अन्त्य