हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले भिसा उपलब्ध गराउने

एजेन्सी। बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिकलाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ। हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिकको मान्यता पाएका हङकङका ठूलो संख्याका नागरिकले आवेदन दिन थालेका छन्।

यस्ता व्यक्तिले पाँच वर्षपछि बेलायतको स्थायी नागरिकताका लागि आवेदन गर्न सक्ने बेलायत सरकारले घोषणा गरेको छ। चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि धेरै व्यक्तिले हङकङ छाड्न चाहेपछि बेलायतले पूर्व बेलायती नागरिकलाई यस्तो अवसर दिएको हो।

यता चीनले भने बेलायतले हङकङका नागरिकलाई भिसा प्रदान गर्ने घोषणा गरेको प्रति आपत्ति जनाएको छ। बेलायतको पछिल्लो घोषणा औपनिवेशिक मानसिकताबाट ग्रस्त रहेको चीनले टिप्पणी गरेको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००

बेलायती नागरिक वर्गीकरणमा रहेर पासपोर्ट बाहक हङकङका नागरिकले यसका आधारमा यात्रा अनुमति नदिने चीनले जनाएको छ।