पीएसजी लोरिएन्टसँग पराजित

एजेन्सी। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लोरिएन्टसँग पराजित भएको छ। ब्राजिली फरवार्ड नेयमारको पेनाल्टी गोलका बाबजुत पीएसजी घरेलु टोली लोरिएन्टसँग ३–२ ले स्तब्ध बनेको हो।

पीएसजीका लागि दुवै गोल नेयमारले गर्दा लोरिएन्टका लोउरेन्ट एवरजेल, योआनी विसा र तेरेम मोफीले गोल गरे। लोरिएन्टमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३६औं मिनेटमा लोउरेन्ट एवरजेलको गोलबाट अग्रता लिएको थियो।

५२औं मिनेटमा नेयमारको प्रहारमा मेन्डेसले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै पीएसजीले पेनाल्टीको अपिल गर्दा रेफ्रीले भिएआरको सहायता लिदै पीएसजीलाई पेनाल्टी दिदा नेयमारले ५८औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–१ को अवस्थामा ल्याए।

७१औं मिनेटमा नेयमारको क्रस पासमा मोउरको इकार्डीको प्रहारलाई लोरिएन्टका गोलरक्षक म्याथिउ ड्रिएरले उत्कृष्ट बचाउ गरे। ८०औं मिनेटमा योआनी विसाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

अन्य सम्बन्धित समाचार:  इंग्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीले जित्यो

यो हारसँगै पीएसजीले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ। पीएसजीको २२ खेलबाट ४५ अंक पुगेको छ । शीर्षस्थानको लियोनको ४६ अंक छ। लोरिएन्ट १८ अंक जोडेर १८औं स्थानमा रहेको छ।