संवैधानिक निकायमा नियुक्तिका कागजात सभामुखद्वारा फिर्ता

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिको सुनुवाइका लागि पठाइएका कागजात फिर्ता पठाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका संंवैधानिक निकायमा नियुक्त भएका व्यक्तिको संसदीय सुनुवाइका लागि सङ्घीय संसदमा पठाइएका कागजात सभामुख सापकोटाले फिर्ता गरेको उनको सचिवालयले जनाएको छ।

अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकोलगायत सात वटा कारणसहित सिफारिस फिर्ता पठाउने निर्णय लिएको सभामुख सापकोटाले बताए।

गत मङ्सिर ३० गतेको संवैधानिक परिषद्को बैठकमा सभामुख उपस्थित नभएपछि प्रधानमन्त्री, प्रधानन्यायाधीस र राष्ट्रिय सभाका अध्यक्षसहित जम्मा तीन जनाको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो ।

त्यति बेला राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीन सदस्यीय बैठकले कुनै निर्णय नगरेको जानकारी दिए पनि गएको पुस ५ गते भने ३० गते नै संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरिएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइएको थियो ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेश— मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि