सेनाको कब्जामा म्यानमार, नेतृ आङ साङ सुकी पक्राउ

काठमाडौं। म्यानमारकी नेतृ आङ साङ सुकीलाइ सेनाले पक्राउ गरेको छ। केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकीलाई सेनाले हिरासतमा लिएको उनको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको छ।

सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ। यो संगै म्यानमारमा सेनाले आफ्नो कब्जा जमाएको छ।

सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले नोभेम्बर महिनामा भएको चुनावमा फराकिलो मतले जित निकालेको थियो। तर सेनाले भने यो चुनावमा धाँधली गरेको दाबी गर्दै आएको थियो। सेनाले म्यानमारमा आजको संसद बैठक स्थगित गर्न आह्वान गरेको छ।

नेशनल लिग फर डेमोक्रेटिक पार्टीका प्रवक्ताले प्रजातन्त्रवादी नेतृ सुकी, राष्ट्रपति विन मिंट र अर्का एक नेतालाई हिरासतमा लिएको बताएका रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ। अहिले म्यानमारको राजधानी नेपिटाव र अन्य मुख्य सहरका सडकमा सेनाको बाक्लो उपस्थिती रहेको छ।

अन्य सम्बन्धित समाचार:  इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व चर्कियो

राजधानीमा टेलिफोन र इन्टरनेट सेवामा समेत प्रतिबन्ध लगाइएको छ। सुकीले १५ वर्षसम्म लामो नजरबन्दको जीवन बिताएकी छन्। सुकीले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन्।