चलचित्र ‘आमा’ युट्युबको ट्रेन्डिङ वान मा

काठमाडौं। नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबको एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ। युट्युबमा अपलोड गरेको दुई दिनमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो।

दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन्। चलचित्रले राम्रो समीक्षा पाएको थियो।

गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो। नौ महिनापछि पुस १० गते सिनेमा हल खुल्दा पुनः यो चलचित्र रिलिज भएको थियो।

डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहेको छ।