कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

कक्षा १२

काठमाडौं। कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ।

कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो।

यसअघि माघ पहिलो सा नै परीक्षाफल प्रकाशन गर्ने भनिएपनि शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो।

कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो.

अन्य सम्बन्धित समाचार:  गण्डकीमा यसअघि बेपत्ता भएका सांसद पनि तटस्थ, विपक्षी गठबन्धनको बहुमत पुगेन