यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको जनाएको छ। हाल प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आशिंक बदली रहेको छ र तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

देशका अन्य बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यता, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

अन्य सम्बन्धित समाचार:  चितुवाको छालासहित एक जना पक्राउ