बागमती प्रदेश सभा बैठक फागुन ५ गतेलाई र्सयो 

काठमाडौं। सोमबार(आज) का लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक दुई साताका लागि सरेको छ। प्रदेश सभा सचिव कृष्णहरि खड्काले आइतबार साँझ सूचना जारी गर्दै विशेष कारणले बैठक फागुन ५ गतेसम्मलाई स्थगित भएको जानकारी दिएका छन्। 

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। यसअघि माघ ९ गते बस्ने भनिएको प्रदेश सभामा  पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने भनिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ। यसको असर प्रदेश सभामा पनि देखिएको छ। 

अन्य सम्बन्धित समाचार:  औद्योगिक पार्क शिलान्यासका लागि प्रधानमन्त्री ओली झापा जाँदै