प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसका १३ भ्रातृसंस्थाले प्रदर्शन गर्दै

काठमाडौं। नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले सोमबार प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै आज ९सोमबार० हुने प्रदर्शनमा सहभागिता जनाउन आग्रह गरेका छन्।

पार्टीको केन्द्रीय निर्णय अनुसार भ्रातृ संस्थाले सोमबार १३ संगठनले संयुक्त विरोध प्रर्दशन गर्दैछन्। ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको कांग्रेसले जनाएको छ।

प्रतिनिधि सभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन्। भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि