भारतमा पेपरलेस बजेट ल्याइँदै

भारतमा यो आर्थिक वर्षका लागि बजेट ल्याइँदैछ। यो पेपरलेस बजेट हुने बताइएको छ। भारतमा हरेक बर्षको १ फ्रेबुअरीमा बजेट ल्याउने गरिन्छ।

भारतीय अर्थमन्त्री निर्मला सीतरमणले आज बजेट प्रस्तुत गर्न लागेकी हुन्। केही दिनअघि निर्मलाले एउटा बजेट एप सार्वजनिक गरेकी थिइन् । आज बजेटबारे सम्पूूर्ण जानकारी त्यही एपमा राखिने भएको हो।

भारतमा पेपरलेस बजेट आउन लागेको यो पहिलो पपटक हो। लोकसभामा निर्मलाले स्थानीय समयअनुसार ११ बजे बजेट पेश गर्दैछिन्। यो उनको तेस्रो बजेट हुनेछ।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानमा तालिबानीको तीन दिने युद्धबिराम समाप्त, वार्ता प्रक्रिया शुरु