सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

बझाङ। सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए।उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ।

यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उनले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  धनगढीमा अक्सिजन लुकाउने पक्राउ